” तपाईहरुको सानो सहयोगले कसैको जिन्दगी जिउन सहज हुन सक्छ “
हालै देशको विभिन्न ठाउँमा भएको बाढीपहिरोबाट पिडित नेपालीहरुको पिडामा देश तथा विदेशमा रहेका नेपालीहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन् । यसै क्रममा बाल समाज नेपाल (Child Society Nepal) ले पनि बाढीप्रभावित नेपालीको दुःखमा सहयोग गर्ने निर्णय गरेको छ । अपिल जारी गर्दै पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग र राहत पुर्याउन इमानदारी र जिम्मेवारीका साथ अघि बढ्ने निर्णय गरेको हो । प्रभावित जिल्लाहरुमा स्वयंसेवकहरु परिचालन गरेर सूचना संकलन, सम्प्रेषण एवं राहत पाउनबाट बंचित र पहुँच नभएका पीडितहरुलाई राहत, क्षतिपूर्ति र सुविधा उपलब्ध गराउन नेपाल सरकार र दातृ निकाय एवं संघसंस्थाहरुसंग समन्वय गरिने छ । बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुमा घर परिवार, अभिभावक गुमाएका पीडितहरु पनि छन् । कहाँ जाने, कसरी राहत र सुविधा पाउने भन्ने जस्ता सामान्य जानकारी पनि नभएर विचल्ली परेका सोझासिधा र निर्धा गरिब दुखी असहाय पीडितहरु पनि छन् । उनीहरुलाई हाम्रा स्वयंसेवकहरुले उनीहरुको साथी भएर आवश्यक सहयोग गर्ने छन् । यस अभियानमा हाम्रा स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभियन्ता, संचारकर्मि, समाजसेवी, देशविदेशका सामाजिक संघसंस्थाहरुको साथ सहयोग लिनेछौ ।
“ बाढी पीडितहरुको लागि केही त गरौ ” भन्ने उदेश्य लीई अभियानमा समर्पित बाल समाज नेपाल (Child Society Nepal) सबै मनकारी नेपाली दाजुभाइ, दिदीबहिनीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजिक संघसंस्थाहरुको सहयोगका लागि हातेमालो गर्न अपिल गर्दछौ ।
धन्यवाद
सहयोग गरिदिनका लागि
बाल समाज नेपाल (Child Society Nepal)
नेपाल इन्भेस्टमेन्ट बैंक लि . बिराटनगर शाखा
खाता न. 00801030251587
Office : 021-470390